माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

आइतबार, २५ कार्तिक २०८१, ११ : २१

काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडको स्वामित्वमा रहेको ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। 

बैंकले एक सूचना जारी गर्दै यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद आवेदन दिन सक्ने जनाएको छ । विद्यमान संस्थापक शेयर धनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आवेदन दिनु पर्नेछ ।

आवेदन दिँदा आफूले खरिद गर्न चाहेको सेयर सङ्ख्या र मूल्य खुलाउनु पर्नेछ । निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
 

आइतबार, २५ कार्तिक २०८१, ११ : २१

प्रतिक्रिया