काठमाडौँ - तिहारपछि तथा साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अंकले बढेर २७३८.०६ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा वृद्धि आउँदा गुराँस लघुवित्त, श्रीजनशील लघुवित्त, सुपरमाई हाइड्रोपावर, बलेफी हाइड्रोपावर नारायणी डेभलपमेन्ट बैंक, र सम्वृद्धि फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी सानिमा जिआइसी इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३८ करोड ४ लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सम्वृद्धि फाइनान्सको ३४ करोड १९ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन ङादी ग्रुप पावरको २७ करोड ३ लाख २९ हजार रुपैयाँ, एचआइडिसिएलको १९ करोड ५६ लाख ७५ हजार रुपैयाँ, सहास उर्जा लिमिटेडको १९ करोड ४४ लाख ६२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया