सानिमा क्यापिटलको साधारणसभा आज, लाभांश वितरण हुने

सोमबार, २६ कार्तिक २०८१, ०७ : १६

काठमाडौं– सानिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारणसभा आज (कात्तिक २६) बस्ने भएको छ । सभा दिउँसो ४ बजेदेखि कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बस्नेछ । 

सानिमा क्यापिटलले यसअघि घोषणा गरेको १२ प्रतिशतका दरले हुन आउने ३ करोड रुपैया बराबरको नगद लाभांश वितरण प्रस्ताव आजको साधारणसभाबाट पारित गर्नेछ ।

त्यस्तै, सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सोमबार, २६ कार्तिक २०८१, ०७ : १६

प्रतिक्रिया