उपसभापति अर्याल र वाग्लेले  सभापति लामिछानेलाई भेट्दै

सोमबार, २६ कार्तिक २०८१, १३ : ०४

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई उपसभापति डीपी अर्याल र डा.स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार दिउँसो भेट्ने तय भएको स्रोतले जनाएको छ । सहकारीको रकम अपचलन प्रकरणमा २ कात्तिकमा प्रक्राउ परेका लामिछानेलाई चौथोपटक म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले पछिल्लोपटक १३ दिनका लागि म्याद थप गरेको छ ।

हिरासतमा रहेका पार्टी सभापतिलाई सोमबार दिउँसो ३ बजे भेट्ने गरी समय निर्धारण गरिएको छ ।  सभापति लामिछानेसँगको भेटपछि पार्टीले आगामी दिनमा गर्ने गतिविधिका बारेमा कुरा हुने बताईएको छ । 

सोमबार, २६ कार्तिक २०८१, १३ : ०४

प्रतिक्रिया