काठमाडौँ - साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा आठ वटा उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा वृद्धि आउँदा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, श्रीजनशील लघुवित्त, सिवाइसी नेपाल लघुवित्त, माछापुच्छ्रे बैक, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी सहास उर्जा लिमिटेडको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३८ करोड १७ लाख ८७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको २६ करोड १५ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको २५ करोड १० लाख ६९ हजार रुपैयाँ, सानिमा माई हाइडेपावरको २२ करोड ७६ लाख ७१ हजार रुपैयाँ, सम्वृद्धि फाइनान्सको २१ करोड ७८ लाख ४९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया