नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

सोमबार, २६ कार्तिक २०८१, १६ : ३१

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समाज लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा समाज लघुवित्तको १४.२४ प्रतिशत बोनस बापतको २८ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापतको २ लाख ५० हजार कित्ता गरी जम्मा २ लाख ७८ हजार कित्ता बोनस सेर सूचिकृत भएको छ ।

सूचीकृतपश्चात् यी दुवै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

सोमबार, २६ कार्तिक २०८१, १६ : ३१

प्रतिक्रिया