काठमाडौं– महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणको लागि बिक्रीमा राखेको छ ।
संस्थाले संस्थापक दुई जना शेयरधनीको नाममा रहेको कुल ११ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयर जोकोही व्यक्ति व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । संस्थाले यसअघि नै संस्थापक शेयरधनीले खरिद गर्न पाउने बिक्रीमा ल्याइसकेको छ ।
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित आफूले किन्न चोहेको शेयर विवरण खुलाई ७ दिनभित्र अग्नीसाइर कृष्णासवरण–६ महुली, सप्तरीमा रहेको कम्पनीको कार्यालयमा निवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया