दुई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

मंगलबार, २७ कार्तिक २०८१, ११ : ४६

काठमाडौँ - मन्दाकिनी हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। 

यी दुवै कम्पनीले आफ्नो साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक २८ गते बुकक्लोज गर्दैछन्। यस अनुसार, आजसम्म कारोबार भइ कायम रहेका सेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनी हाइड्रोपावरले मंसिर ७ गते, शुक्रबार, लाजिम्पाट, काठमाडौंको नेपाली चुलोमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ८ बजे शुरु हुनेछ। यस सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। बोनस वितरणपछि १स्१।२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना पनि छ, जसको उद्देश्य माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाको २।९ मेगावाटको परियोजनामा लगानी गर्ने, डल्फिन पावरमा लगानी गर्ने र बैंक ऋण भुक्तानी गर्ने हो। साथै, सभाले डल्फिन पावरमा गरिएको र थप गर्ने लगानीको अनुमोदन, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिनेछ।

विन्ध्यबासिनी हाइड्रोपावर
विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो साधारण सभा मंसिर ६ गते, बिहीबार, नयाँ बानेश्वर, काठमाडौंमा भौतिक र भर्चुअल माध्यमबाट आयोजना गर्नेछ। बिहान ११ बजे सुरु हुने आठौँ वार्षिक साधारण सभामा ८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पेश गरिनेछ। साथै, सभाले सञ्चालक समितिको संख्या संशोधन, लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।

 यसरी, कात्तिक २७ गतेसम्म कारोबार गरेका लगानीकर्ताहरूले यी कम्पनीका लाभांश र साधारण सभामा सहभागिता जनाउन योग्य हुनेछ।
 

मंगलबार, २७ कार्तिक २०८१, ११ : ४६

प्रतिक्रिया