काठमाडौँ - साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा तीन वटा उपसूचक मात्र हरियाली भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा पनि गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावार, बेस्ट फाइनान्स, एनएलजी इन्स्यारेन्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २९ करोड २८ लाख ६१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको बेस्ट फाइनान्सको २९ करोड २५ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन आँखुखोला जलविद्युत कम्पनीको २५ करोड ५९ लाख ४७ हजार रुपैयाँ, जानकी फाइनान्सको २० करोड ५९ लाख ३ हजार रुपैयाँ, पिपुल्स हाइड्रोपावरको १९ करोड ३३ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया