सेबोनबाट दुई म्युचुअल फन्डले पाए निष्कासन अनुमति

मंगलबार, २७ कार्तिक २०८१, १५ : २९

काठमाडौँ - नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’ र ‘एनएमबि सरल बचत फन्ड–ई’लाई निष्कासन अनुमति दिएको छ।

अब मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने मुक्तिनाथ म्युचुअल फन्ड–१ का १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ जारी गरिनेछ।

यो बन्दमुखी म्युचुअल फन्डको कोष प्रवर्द्धकमा मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापकमा मुक्तिनाथ क्यापिटल रहेको छ। यसैगरी एनएमबि म्युचुअल फअन्तर्गत सञ्चालित हुने मुक्तिनाथ सरल बचत फन्ड–ईका २० करोड रुपैयाँबराबरको इकाइ जारी हुनेछ। जसअन्तर्गत १० रुपैयाँ अंकित दरका कुल २ करोड इकाइ बिक्री खुला गरिनेछ।

यो खुलामुखी योजनाको कोष प्रवर्द्धकमा एनएमबि बैंक र योजना व्यवस्थापकमा एनएमबि क्यापिटल रहेको छ।

 
 

मंगलबार, २७ कार्तिक २०८१, १५ : २९

प्रतिक्रिया