फिल्म ‘कार्साङ’को जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक

मंगलबार, २७ कार्तिक २०८१, १५ : ५५

काठमाडौँ - आगामी पुस २६ गतेबाट प्रदर्शनमा आउने फिल्म  ‘कार्साङ’को जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । 

क्यारेक्टर लुक्समा जीतुले  कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जीतुले झोला घुँडामा अड्याएका छन् । फिल्ममा जीतुको अलवा दयाहाङ राई, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस् को प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायाकार र निर्माता हुन् । सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

मंगलबार, २७ कार्तिक २०८१, १५ : ५५

प्रतिक्रिया