शेयर बजार

नेप्सेमा दुई हाइड्रोपावरको शेयर मूल्य समायोजन

मंगलबार, २७ कार्तिक २०८१, १६ : ३८

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिन्ध्यवासिनी हाइड्रोपावर र मंदाकिनी हाइड्रोपावर रहेको शेयर मूल्य समायोजन भएको छ । 

बिन्ध्यवासिनी हाइड्रोपावरको ८ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय ३८ रुपैयाँ १९ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय ८६ रुपैयाँमा भएको थियो ।

मंदाकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय ४ रुपैयाँ ६७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ८ सय ४४ रुपैयाँ ९० पैसामा भएको थियो । 

मंगलबार, २७ कार्तिक २०८१, १६ : ३८

प्रतिक्रिया