काठमाडौं– बुधबार सेयर बजारको परिसूचक नेप्से १४.१२ अंकले घटेको छ । सो अंकको कमीपछि २७३४ अंकमा कायम भएको छ । बजारको अंक घट्दा कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९१ करोडको भयो ।

९९ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ७ को स्थिर रह्यो । फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ । समग्र बजार घट्दा यो सेक्टर ४.२ प्रतिशत बढ्यो ।

त्यस्तै विकास बैंक १.४७ र हाइड्रोपावर सूचक ०.८१ प्रतिशतले बढे । बैंकिङ १.३७, होटल तथा पर्यटन ०.०६, लगानी १.११, जीवन बीमा १.१९, उत्पादन ०.९६, माइक्रोफाइनान्स ०.३७, निर्जीवन बीमा १.२३, अन्य ०.८३ तथा व्यापार समूह १.६१ प्रतिशतले घटे ।

सप्तकोशी विकास बैंक, सिर्जनशील लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । रावा इनर्जीको ९.९१, बलेफी हाइड्रोपावरको ९.८८, सपोर्ट माइक्रोफाइनान्सको ९.१५ प्रतिशत मूल्य बढ्यो ।
प्रतिक्रिया