कति पुग्यो धितोपत्र दलालको सङ्ख्या ?

विहीबार, २९ कार्तिक २०८१, १३ : १५

काठमाडौँ - धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर) को सङ्ख्या ९० पुगेको छ ।

धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले जनाएको छ । गत आर्थिक वर्ष २०८०\८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठ वटा कम्पनी थपिएका हुन् ।

यस्तै धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा चालु आर्थिक वर्षका लागि दुई वटा कम्पनीको सदस्यता नवीकरण गरिएको नेप्सेले जनाएको छ । स्टक डिलरका रूपमा नागरिक स्टक डिलर कम्पनी लिमिटेड र नबिल स्टक डिलर लिमिटेडले अनुमति पाएका छन् ।

नेप्सेका अनुसार हालसम्म दर्ता भएकामध्ये दुई कम्पनीले पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा अनुमति पाएका छन् भने बाँकी ८८ वटाले सीमित कार्य गर्न अनुमति पाएका छन् । पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा एनआईएमबी स्टक मार्केट्स लिमिटेड र हिमालन सेक्युरिटिज लिमिटेड रहेका छन् ।

विहीबार, २९ कार्तिक २०८१, १३ : १५

प्रतिक्रिया