काठमाडौँ - हिमालयन क्यापिटल लिमिटेडले सातौँ वार्षिक साधारणबाट ७ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
बुधबार सम्पन्न सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । त्यस्तै, सभाले गत आव ०८०\८१ को सञ्चालक समितिको प्रतिवेदन, ०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ ।
साथै, साधारणसभामा संस्थाका सञ्चालकहरूको पुनर्नियुक्तिसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको क्यापिटलले जनाएको छ । कार्यक्रममा आर्थिक वर्ष ०८०\८१ का उपलब्धिको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनीलप्रसाद गोर्खालीले संस्थाका भावी योजनाबारे प्रकाश पारे ।
त्यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया