काठमाडौँ - साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अङ्कले बढेर २७४८.७८ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सात वटा उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा वृद्धि हुँदा गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अपर हेवाखोला हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी जानकी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३५ करोड २४ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको ३१ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन सम्वृद्धि फाइनान्सको २७ करोड ५८ लाख र रुपैयाँ, नेपाल फाइनान्सको २१ करोड ६३ लाख ५५ हजार रुपैयाँ, पिपुल्स हाइड्रोपावरको १९ करोड ७६ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया