समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड

शुक्रबार, ३० कार्तिक २०८१, ११ : ४२

काठमाडौँ - समता घरेलु लघुवित्तको (एफपीओ) बाँडफाँड भएको छ । 

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज शुक्रबार बिहान ९ बजे बाँडफाँड गरेको हो । लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।

जसमा ३५ हजार ९० जनालाई १० कित्ताका दरले एफपीओ परेको छ भने बाँकी ४।२५ कित्ता ४ जनालाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । लघुवित्तले सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्‍याउन एफपीओ जारी गरेको थियो । 

एफपीओ पश्चात लघुवित्तको सर्वसाधारण शेयर हिस्सा ३०.५२ प्रतिशत र संस्थापक हिस्सा ६९.४८ प्रतिशत पुगेको छ ।

शुक्रबार, ३० कार्तिक २०८१, ११ : ४२

प्रतिक्रिया