यस साता ७३ अंकले बढ्यो नेप्से

शनिबार, ०१ मंसिर २०८१, १३ : २०

काठमाडौँ - यस साता नेप्से परिसूचक ७३ अंकले बढेर २७४८.७८ विन्दुमा कायम भएको छ ।

यस हप्ता सेयर पाँच दिन खुलेका थियो । गत साता २६७५ अङ्कमा बन्द भएको बजार यो साता ७३ अङ्क बढेर २७४८ मा बन्द भएको हो ।  यो साता पहिलो दिन आइतबार ६२.५४ अङ्क बढेको बजार, सोमबार थप २२.१४ अङ्क बढ्यो । मङ्गलवार ११.२४ र बुधवार १४.१२ अङ्क घट्यो । अन्तिम दिन बिहीबार १३.९५ अङ्क बढ्यो । 

५ दिनमा ८ करोड ७३ लाख १५ हजार ४५६ कित्ता कारोबार हुँदा औसतमा दैनिक १ करोड ७४ लाख ६३ हजार ९१ कित्ता शेयर कारोबारमा आएको छ ।सातामा ४ लाख ६८ हजार ९४२ पटक शेयर किनबेच हुँदा दैनिक औसत ९३ हजार ७८८ पटक शेयर किनबेच भएको छ ।

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अङ्कले बढेर २७३८.०६ को विन्दुमा कायम भएको थियो  । यस दिन  नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँको कारोबार भएको थियो।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २२.१४ अङ्कले बढेर २७६०.२१ को विन्दुमा कायम भएको छ । यस दिन नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ११.२४ अङ्कले घटेर २७४८.९६ को विन्दुमा कायम भएको छ ।यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज  १४.१२ अङ्कले घटेर २७३४.८३ को विन्दुमा कायम भएको छ । यस दिन  नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज १३.९५ अङ्कले बढेर २७४८.७८ को विन्दुमा कायम भएको छ ।यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख ३१ हजार रुपैयाँको कारोबार भएको थियो ।

शनिबार, ०१ मंसिर २०८१, १३ : २०

प्रतिक्रिया