क्रिकेटर लामिछानेको गीत 'आउ फर्केर' सार्वजनिक

शनिबार, ०१ मंसिर २०८१, १६ : १९

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछाने आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । 

आफ्नै युट्युव च्यानलमार्फत लामिछानेले 'आउ फर्केर' बोलको गीत सार्वजनिक गरेका हुन् । गीत सन्दीप आफैँ र रोन्जाइले मिलेर लेखेका हुन् । लामिछानेले सङ्गीतलाई आफ्नो दोस्रो सौखको क्षेत्र बताउने गरेका छन् । 

यसअघि उनको स्वरमा उदास थियो मेरो मन, समर्पित लगायतको गीत सार्वजनिक गरेका थिए । पछिल्लो गीत पनि अघिल्ला गति जस्तै रोमान्टिक र मेलोडियस रहेको छ । 


शनिबार, ०१ मंसिर २०८१, १६ : १९

प्रतिक्रिया