प्रि–ओपनमा ४ अंकले बढ्यो नेप्से

आइतबार, ०२ मंसिर २०८१, १० : ५८

काठमाडौं-  प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ६४ विन्दुले बढेको छ । यससँगै सूचक २७५३ दशमलव ४३ अंकमा आएको छ ।

यस अवधिमा ५ करोड २७ लाख ३५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ९२ कम्पनीको ६९ हजार ३ सय ४४ कित्ता सेयर कारोबार भएको छ ।

यस सेसनमा ५५ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल २ सय ७६ वटा कारोबार भएको छ ।

आइतबार, ०२ मंसिर २०८१, १० : ५८

प्रतिक्रिया