फिल्म ‘डोरी’मा अभिनेत्री अञ्जना बराइलीको अभिनय रहने

आइतबार, ०२ मंसिर २०८१, १३ : ४४

काठमाडौँ- छायांकनको तयारीमा रहेको फिल्म ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली भित्रिएकी छन् । फिल्मको मुख्य भुमिका अभिनय गर्ने गरेर उनी फिल्ममा भित्रिएकी हुन् । फिल्ममा अञ्जना अनुबन्धित भएको निर्देशक अरुण लामाले बताए ।

अञ्जना अभिनित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले अहिले बक्सअफिसमा सुनामी ल्याइरहेको छ । ‘महापुरुष’बाट अभिनयमा भित्रिएकी अञ्जनाले ‘पुजार सार्की’ समेत अभिनय गरेकी छन् । 

अञ्जनासँगै फिल्ममा अभिनेता प्रकाश घिमिरे, प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रित हुने निर्देशक अरुण लामाले बताए ।

राजनराज सिवाकोटीको संगीत, सौरभ लामाको सिनेमाटोग्राफी, राजु तामाङको एक्सन रहने फिल्म सन् २०२५ रिलिज लक्ष्य राखिएको छ ।

आइतबार, ०२ मंसिर २०८१, १३ : ४४

प्रतिक्रिया