काठमाडौँ - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अंकले बढेर २७५३.७६ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा नौ वटा उपसूचक हरियाली भएको छ ।
यस दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४५ करोड १७ लाख १० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सम्वृद्धि फाइनान्सको ४१ करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन जानकी फाइनान्सको ३५ करोड ४० लाख ९८ हजार रुपैंया र रुपैयाँ, सिंगटी हाइड्रो इनर्जीको ३४ करोड ३७ हजार रुपैयाँ, नेपाल फाइनान्सको २३ करोड १५ लाख ६६ हजार रुपैयाँको कारोबार भएको हो ।


सकरात्मक सर्किट लागेका कम्पनी
यस दिन बजारमा वृद्धि हुँदा उन्नती सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, अपर हेवाखोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया