आज धितोपत्रको कारोबार नहुने

सोमबार, ०३ मंसिर २०८१, १० : ४६

काठमाडौँ- आज सेयर बजार बन्द रहने भएको छ । सरकारले दिएको सार्वजनिक विदाका कारण सोमबार सेयर बजार बन्द हुने भएको हो ।

सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले  सोमबार धितोपत्रको कारोबार नहुने नेप्सेले जनाएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार, ०३ मंसिर २०८१, १० : ४६

प्रतिक्रिया