काठमाडौँ - सयपत्री हाईड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले १ः१ अर्थात हाल कायम चुक्तापुँजीको शतप्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको हो ।हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानी गर्न र दरम खोला ’ए’ जलविद्युत आयोजनाको मर्मत सुधार गर्ने प्रयोजनको लागि खर्च गरिने कम्पनीले बताएको छ ।
कम्पनीको प्रस्तावित हकप्रद विद्युत नियमन आयोगको सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र निष्कासन हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ छ ।
प्रतिक्रिया