गायक सौगात जंग थापा र रोजीना बस्नेतको ‘तिम्रो नै साथ होस’ सार्वजनिक (भिडियो)

सोमबार, ०३ मंसिर २०८१, १३ : ५५

काठमाडौं- पछिल्लो समय गायनमा निकै ब्यस्त रहेका गायक सौगात जंग थापा र द भोइस अफ नेपाल बाट उदाएकी प्रतिभामान गायिका रोजीना बस्नेतको ‘तिम्रो नै साथ होस’ बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

म्युजिक भिडियो बजारमा सार्वजनिक भएसँगै युटुब,टिकटक लागाएत विभिन्न प्लेटफर्म हरुमा अत्यधिक रुचाइएको छ भने गायक सौगात जंग थापाको चर्चा चुलिएको छ। यस गीतमा अकेन्द्र भुल को शब्द, सौगात जंग थापाकै संगीतमा विशाल निरौलाको एरेन्ज रहेको छ भने रन्जन राईले गितलाइ मिक्सिङ मास्टरिङ गरेका छन् । 


उत्तम श्रेष्ठ शिशिरको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो मा जुना कार्की र प्रभात पल ठकुरीको अभिनय रहेको छ।इलामको मनमोहक चियाबारीमा छायान्कन गरिएको म्युजिक भिडियोलाइ विशाल थापाले खिचेका हुन् भने दिन्सन शाहको एडिट कलरिङ रहेको छ।  म्युजिक भिडियोलाइ मोक्तान डिजिटल युटुब च्यानलले बजारमा ल्याएका छन् । 

यस अघि दर्जनौं गीत बजारमा ल्याइसकेका गायक थापाको जुनी जुनी, मैले गर्ने माय, तिमी आदत बन्यौ मेरो,सुनन ए माया लगायतका  गीतहरु चर्चीत छन् । 

 

 

 

 

सोमबार, ०३ मंसिर २०८१, १३ : ५५

प्रतिक्रिया