काठमाडौँ - नेपालको कृषि क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले कृषि रूपान्तरण र किसान सशक्तीकरणका लागि स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले केन्द्रीय कार्यालय मध्यपुर थिमि भक्तपुर तथा देशका विभिन्न जिल्लामा सञ्चालनमा आउन लागेका शाखा कार्यालयहरूका लागि फुल टाइम र पार्ट टाइम गरी १६१ जनाभन्दा बढी कर्मचारीको लागि आवेदन माग गरेको हो । कामप्रति प्रतिबद्ध र तोकिएको योग्यता पुगेका व्यक्तिहरूले अनलाइनमार्फत पेस गर्न सक्ने जनाइएको छ ।
इच्छुक उम्मेदवारले २०८१ पौष १ गतेभित्र आवेदन पेस गरी सक्नुपर्नेछ । कम्पनीका अनुसार आवेदन पेस गर्दा कुनै शुल्क लाग्ने छैन ।

प्रतिक्रिया