काठमाडौँ- मुक्तिनाथ विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
केही विद्यमान संस्थापक सेयर धनीहरूले आफूले धारण गरेको सेयर बिक्री गर्न इच्छुक रही सञ्चालक समिति समक्ष निवेदन दिएकाले बैंकले आजदेखि उक्त सेयर बिक्रीमा राखिएको हो ।
यो सेयर खरिदका लागि साबिकका संस्थापकहरू मात्रै योग्य हुनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र लाजिम्पाटमा रहेको बैकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । आवेदन पेस गर्दा आफूले खरिद गर्न चाहेको सेयर कित्ता र प्रति सेयर रकम खुलाउनु पर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया