नेप्सेमा भारी गिरावट, परिसूचक २७०२ बिन्दुमा

मंगलबार, ०४ मंसिर २०८१, १५ : २५

काठमाडौं- मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा भारी अंकको गिरावट देखिएको छ । समग्रमा बजार ५१ अंकले घट्दा नेप्से परिसूचक २७०२ बिन्दुमा ओर्लिएको छ । मंगलबार सुरुवातदेखि बजार निरन्तर ओरालो लाग्यो । 

परिसूचकमा भारी अंकको गिरावट देखिए पनि कारोबार रकम भने सो मात्रामा घटेको छैन । मंगलबार कुल २ करोड २५ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको किनबेच भएको छ । 

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीहरुको सेयर मूल्य सर्वाधिक घट्यो

मंगलबार पनि आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसको सेयर मूल्य १० प्रतिशत बढ्दै मंगलबार प्रतिकित्ता ५२२६ रुपैयाँ पुगेको छ ।  

मंगलबार २० कम्पनीको मूल्य बढ्दा २२४ कम्पनीको मूल्य घट्याे ऽएउटा कम्पनीको मूल्य भने स्थिर रह्यो । मंगलबार नेप्सेका सबै उपसमूहको सूचकमा गिरावट आयो । 

मंगलबार, ०४ मंसिर २०८१, १५ : २५

प्रतिक्रिया