काठमाडौँ- पछिल्लो समय नेपालमा विदेशी पर्यटकले खर्च गर्ने पैसाभन्दा नेपालीले विदेश भ्रमण गर्दा बढी खर्च गर्ने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ३ महिना असोजसम्मको तथ्याङ्कले यस्तो देखाएको हो।
तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालीले विदेश भ्रमणमा ५५ अर्ब ७८ करोड रुपैयाँ खर्च गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ७.७ प्रतिशतले बढी हो ।
जसमा विदेश घुम्दा २३ अर्ब ६५ करोड रुपैयाँ र विदेशमा पढ्न जाँदा ३२ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ। अघिल्लो वर्ष यही अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रुपैयाँ थियो। जसमा विदेश घुम्दा जाँदा १८ अर्ब ८८ करोड रुपैयाँ र पढ्न जाँदा ३२ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको थियो।
समीक्षा अवधिमा नेपालले भ्रमण आयतर्फ १७ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ। यो अघिल्लो वर्ष यही अवधिको तुलनामा ३.५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा यस्तो आय १७ अर्ब १३ करोड रुपैयाँ रहेको थियो।
प्रतिक्रिया