कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, शेयरधनीले मात्रै खरिद गर्न पाउने

विहीबार, ०६ मंसिर २०८१, ०९ : ५५

काठमाडौं-  कुमारी बैंक लिमिटेडका संस्थापक शेयरधनीले १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन । विक्रीमा राखेको यो शेयर बैंकका हाल कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । 

साथै तोकिएको समयभित्र संस्थापक शेयधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ । 

विहीबार, ०६ मंसिर २०८१, ०९ : ५५

प्रतिक्रिया