प्रभु हेलिकप्टरको हकप्रद शेयर बिक्रीमा, प्रति कित्ता कति ?

विहीबार, ०६ मंसिर २०८१, १० : १९

काठमाडौं- प्रभु हेलिकप्टरको हकप्रद शेयर प्रिमियम मूल्यमा बिक्रीमा राखिएको छ। 

कम्पनीले २० लाख ९५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ५० रुपैयाँ प्रिमियम थप गरेर १५० रुपैयाँमा बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन्। संस्थापक शेयरधनीले यही मंसिर १२ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर खरिदका लागि निवेदन दिन संस्थापक शेयरधनीले काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दिनुपर्नेछ।

विहीबार, ०६ मंसिर २०८१, १० : १९

प्रतिक्रिया