काठमाडौं - साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.३१ अंकले घटेर २६८०.४४ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा पनि सामुदायिक लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २५ करोड २४ लाख १० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको २३ करोड ३३ लाख २३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन सुवागढी हाइड्रोपावरको १९ करोड ७९ लाख ९० हजार रुपैंया र हिमालय उर्जा विकास कम्पनीको १८ करोड ३० लाख १ हजार रुपैयाँ, कर्णाली डेभलपमेन्ट बैंकको १६ करोड ५० लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया