काठमाडौं - गायक तथा गीतकार जनार्दन ढकालको गीत उकालीको बादल सार्वजनिक भएको छ ।
नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेका गायक तथा गीतकार जनार्दनले आफ्नो नयाँ गीतमा चर्चित संगीत संयोजक विश्व अधिकारीसँग सहकार्य गरेका छन्।
जनार्दनले गीतको संगीत, शब्द, र स्वर आफैं प्रदान गर्दै गीतलाई भावनात्मक गहिराइ दिएका छन्। त्यस्तै, विश्व अधिकारीको संगीत संयोजनले गीतलाई थप जीवन्तता र गहिराइ दिएको छ।
यस गीतले जनार्दनलाई नेपाली संगीत क्षेत्रमा अझ बलियो स्थान दिन सहयोग गरिरहेको छ। यो सहकार्य नेपाली संगीतको सम्भावना र नयाँ उचाइतर्फको कदमको उदाहरण बनेको छ।
उनी लामो समय देखि यहि सांगीतकि क्षेत्रमा अहोरात्र मेहेनत गरि रहेका छन् । गायक ढकालले उकालीको बादल गीतलाई असाध्यै माया गरी लोकप्रिय बनाईदिनु हुन् आग्रह गरेका छन् । ब्रेकअपको भावना वरिपरि घुमेको यो गीतमा निराजन ढकालको भिडियो रहेको छ ।
यो गीत उनको आफुनै युटुब च्यानल JAmusic बाट सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया