धितोपत्र बोर्ड अध्यक्षका लागि अर्थ मन्त्रालयमा अन्तर्वार्ता सुरु

आइतबार, ०९ मंसिर २०८१, ०९ : २१

काठमाडौँ- धितोपत्र बोर्ड अध्यक्षका लागि अर्थ मन्त्रालयमा अन्तर्वार्ता सुरु भएको छ। 

अन्तर्वार्तामा अध्यक्षका उम्मेदवारत्रय डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्की सहभागी छन्। 

अन्तर्वार्ता बिहान ८ बजे सुरु भएको हो।मन्त्रालयअन्तर्गत गठित ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समिति’ले चौथोपटक बिहीबार सूचना प्रकाशन गरी उनीहरूलाई अन्तर्वार्तामा बोलाएको थियो।

उनीहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाइएको हो। 

२०८० पुस २० यता धितोपत्र बोर्ड अध्यक्षविहीन छ। 

आइतबार, ०९ मंसिर २०८१, ०९ : २१

प्रतिक्रिया