काठमाडौं - मध्य मोदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारितका लागि पुस ३ गते १३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको सभा कक्ष, सानेपा, ललितपुरमा दिउँसो १ बजे सुरु हुनेछ। आईपीओ निष्काशनबाट प्राप्त पूँजी उपयोग गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ। आईपीओपछि कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभामा छलफल हुनेछ। उल्लेखित सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साथै गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाका लागि तय भएको छ ।
प्रतिक्रिया