प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

आइतबार, ०९ मंसिर २०८१, १२ : ०१

काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । 

शेयर किन्न इच्छुक संस्थापकले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । सो शेयरको मूल्य भने सूचनामा खुलाएको छैन।

बैंकले तोकेको यस समयसीमा भित्र बैंकका संस्थापकबाट शेयरमा आवेदन नपरेको खण्डमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकको भनाई छ ।
 

आइतबार, ०९ मंसिर २०८१, १२ : ०१

प्रतिक्रिया