सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया : अन्तर्वार्तामा आज पनि गएनन् चापागाइँ

आइतबार, ०९ मंसिर २०८१, १२ : ४९

काठमाडौँ - नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि आज थप दुई जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण सम्पन्न भएको छ । 

यसअघि अन्तरवार्ता तथा प्रस्तुतीकरणमा छुटेका उम्मेदवारहरू मध्ये कृष्णबहादुर कार्की र नवराज अधिकारीको आज अन्तर्वार्ता भएको हो । अघिल्लो पटक उपस्थित नभएका चिरञ्जीवी चापागाईँ आज पनि अन्तर्वार्ता दिन गएनन् । 

दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन् । आज थप दुई जनाको अन्तर्वार्ता भएपछि अब यी चारमध्ये तीन जनाको नाम सिफारिस समितिले मन्त्रिपरिषदसमक्ष पेस गर्नेछ । त्यसमध्ये मन्त्रिपरिषदले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ ।
 

आइतबार, ०९ मंसिर २०८१, १२ : ४९

प्रतिक्रिया