नेप्सेमा १३ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

आइतबार, ०९ मंसिर २०८१, १५ : ०९

काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०३ अंकले घटेर २६६७.४० को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा सेञ्चुरी डिबेञ्चर २०८८ को सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.७५ प्रतिशतले घटेको छ । त्यसैगरी, महुली लघुवित्तको ६.३० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ५.८० प्रतिशत, नेपाल फाइनान्सको ५.३४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सेयर बजारमा १३ अंकको गिरावट, यी कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी जानकी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६० करोड ८७ लाख ३६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ३३ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन ङादी ग्रुप पावरको ३६ करोड ३३ लाख ७० हजार रुपैंया र बेष्ट फाइनान्सको २३ करोड ९८ लाख ९१ हजार रुपैयाँ, रसुवागढी हाइड्रोपावरको १८ करोड ५४ लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।

 

आइतबार, ०९ मंसिर २०८१, १५ : ०९

प्रतिक्रिया