ङादी ग्रुप पावरले पायो हकप्रद निष्काशनका लागि बोर्डबाट अनुमति

आइतबार, ०९ मंसिर २०८१, १७ : २२

काठमाडौं - ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गन नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता शेयर निष्काशनका लागि अनुमति दिएको हो। ङादी ग्रुप पावरको शेयर निष्कासनकर्ता सिद्धार्थ क्यापिटल रहेको छ। कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ ।

१०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

 
 

आइतबार, ०९ मंसिर २०८१, १७ : २२

प्रतिक्रिया