सामलिङ्ग पावर कम्पनीले बोलायो वार्षिक साधारण सभा

सोमबार, १० मंसिर २०८१, ११ : ३४

काठमाडौं - सामलिङ्ग पावर कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारणसभा पुस २ गते मंगलबार हुने भएको छ ।

साधारण सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा बिहान साढे १० बजेदेखि बस्ने निर्णय गरेको हो।

सभामा गत आर्थिक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ। 

सभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गर्नेछ। यसर्थ मंसिर १८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

 

सोमबार, १० मंसिर २०८१, ११ : ३४

प्रतिक्रिया