नेप्सेमा १५.८३ अंकको वृद्धि, यी कम्पनीको भयो सर्वाधिक कारोबार

सोमबार, १० मंसिर २०८१, १५ : १०

काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.८३ अंकले बढेर २६८३.२४ को विन्दुमा कायम भएको छ ।

यस दिन  नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा ११ उपसूचक हरियाली भएको छ ।

यस दिन बजारमा सुधार आउँदा बेष्ट फाइनान्सको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । त्यसैगरी सुपर मादी हाइड्रोपावरको ९.९१ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८५ प्रतिशत, स्वाभिमान लघुवित्तको ९.७८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आउँदा उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य

Capture

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५४ करोड ७ लाख ५० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको बेष्ट फाइनान्सको २५ करोड २९ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन नेपाल फाइनान्सको २० करोड ३१ लाख ७ हजार रुपैंया र एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ६४ लाख ६५ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १५ करोड ८ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो ।

 

 

सोमबार, १० मंसिर २०८१, १५ : १०

प्रतिक्रिया