भोलिदेखि एनएलजी इन्स्योरेन्सले हकप्रद  शेयर निष्कासन गर्ने

सोमबार, १० मंसिर २०८१, १७ : २९

काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको भोलिदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयरमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू र लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ ।

साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । 

सोमबार, १० मंसिर २०८१, १७ : २९

प्रतिक्रिया