काठमाडौं - साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.४१ अंकले बढेर २७१६.६६ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ३८ लाख ८० हजार ९२३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४ करोड ९७ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा सबै उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा वृद्धि हुँदा सपोर्ट लघुवित्त, यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४५ करोड ७८ लाख रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको करोड ३३ लाख ६ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड ८३ लाख ८६ हजार रुपैंया र कर्णाली डेभलपमेन्ट बैंकको २५ करोड ६७ लाख ८२ हजार रुपैयाँ, जानकी फाइनान्सको २२ करोड ४ लाख ९४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया