नव नियुक्त बोर्ड अध्यक्षले आजै पदभार ग्रहण गर्ने

मंगलबार, ११ मंसिर २०८१, १७ : १६

काठमाडौं - धितोपत्र बोर्डका नव नियुक्त अध्यक्षले आज नै पदभार ग्रहण गर्ने भएका छन्। 

नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आजै पदभार ग्रहण गर्न लागेको बताएका छन्। अर्थ मन्त्रालयबाट नियुक्ति पत्र आज ५ बजेपछि लिँदै छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

नियुक्ति पत्र सँगै शपथ ग्रहण गर्नु पर्ने हुन्छ। जुन काम अर्थमन्त्रीले गर्ने गर्छन्। अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेपछि नव नियुक्त अध्यक्ष बोर्ड जाने छन्।

मंगलबार, ११ मंसिर २०८१, १७ : १६

प्रतिक्रिया