बोर्डका नवनियुक्त अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

मंगलबार, ११ मंसिर २०८१, १७ : ५८

काठमाडौं - नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेलले उनलाई शपथ खुवाएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । शपथ ग्रहण गर्दै श्रेष्ठले शेयर बजारका समस्याहरू समाधानका लागि आफू डटेर लाग्ने बताए ।

साथै चुनौतीहरू सामना गर्नुपर्ने अवस्था रहेकाले ती चुनौतीलाई अवसरका रूपमा लिने भनाइ उनले राखे । 
 

मंगलबार, ११ मंसिर २०८१, १७ : ५८

प्रतिक्रिया