फिल्म 'लाज शरणम्को' दोस्रो चरणको छायांकन शुरु

बुधबार, १२ मंसिर २०८१, १३ : २७

काठमाडौं- अभिनेता विजय बरालले फिल्म लाज शरणम्’को दोस्रो चरणको छायांकन शुरु गरेका छन् ।

फिल्म पूर्ण बहादुरको सारङ्गीको व्यस्ततालाई पन्छ्याउँदै बराल छायांकनमा लागका हुन् । उनी मण्डला थिएटरको नाटकमा समेत व्यस्त छन् ।

मङ्गलबारदेखि काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोस्रो चरणको छायांकन शुरु गरिएको हो । यसअघि डोल्पामा सुटिङ सकेको फिल्मको ९५ प्रतिशत छायांकन सकिसकेको छ ।

फागुन १४ गते महाशिवरात्रीका दिन प्रदर्शन मिति तय गरिएको फिल्ममा बरालका साथै प्रशान्त ताम्राकार, अर्पण थापा, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, रेणु योगीलगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्मलाई सुदीप बरालले छायांकन गरिरहेका छन्। जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्मातामा छन् । कुमार कट्टेलले फिल्मको निर्देशन गरेका छन् ।

बुधबार, १२ मंसिर २०८१, १३ : २७

प्रतिक्रिया