काठमाडौं- सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले मंसिर १३ गते विद्यमान संस्थापक सेयर धनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयर धनीहरूले आगामी ३५ दिन अर्थात् पुस १६ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन कम्पनीको कर्पोरेट कार्यालय विराटनगर, मोरङमा पेस गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयर धनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया