काठमाडौं - साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३० अंकले घटेर २७४८.०५ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ६५ लाख ४७ हजार ११६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४४ करोड २४ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १० उपसूचक राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा पनि बिशाल बजार कम्पनी, विन नेपाल लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी एक्सल डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३१ करोड ८ लाख ६४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको करोड २९ लाख ७४ लाख १९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन मितेरी डेभलपमेन्ट बैंकको २७ करोड ९४ लाख २४ हजार रुपैंया र जानकी फाइनान्सको २३ करोड १६ लाख ४४ हजार रुपैयाँ, ङादी ग्रुप पावरको २० करोड ३३ लाख ६३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया