काठमाडौं - कम्बोडियामा सम्पन्न ‘मिस प्लानेट २०२४’ को हुम्यानिटी टाइटल अवार्ड नर्स अनिशा पराजुलीले जितेकी छिन् ।
गएराती सम्पन्न प्रतियोगितामा नेपालबाट सहभागी पराजुली शीर्ष २० मा पुग्दै उक्त उपाधि जितेकी हुन् । मिस प्लानेट नोभेम्बर १९ देखि २७ सम्म भएको थियो । प्रतियोगितामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाइकी थिइन् ।
हुम्यानिटी अवार्ड जितेकी अनिशाले ‘मिस प्लानेट २०२४’ मार्फत आफूले नेपाललाई विश्वसामु चिनाउने अवसर पाएकको बताइन् । ‘मिस प्लानेट’ मा यो वर्ष थिम ‘दिगो विकास सँगसँगै मेन्टल हेल्थ अवरनेस’ रहेको थियो ।
प्रतिक्रिया