काठमाडौं - एनआइएमबि एस क्यापिटल लिमिटेडले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
क्यापिटलको मंसिर १३ गते बसेको सञ्चालक समिति बैंठकले २५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्तावसहित पुस ५ गते साधारण सभा पनि बोलाएको छ ।
सभा यस क्यापिटलको सभा हल लाजिम्पाट, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०।८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया